चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण कार्यालयमा हिजो राति एक समूहले कर्मचारीमाथि हातपात गर्न खोज्नुका साथै हात हालाहालको स्थिति उत्पन्न भएको छ ।
राति साढे ९ बजे ट्रान्सफर्मरपछिको एलटी एबिसी केबल जलेको निहु“मा एक समूहले कर्मचारीमाथि गालीगलोज गर्नुका साथै हातपात गर्न खोजेको भरतपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई धाकधम्की दिने, निहुँ खोज्ने र हात हालाहालको स्थिति सिर्जना गर्ने गरी भएको व्यवहार खेदजनक भएको जनाएको छ । यस्ता गतिविधि अब आइन्दा दोहोरिएमा कानुनबमोजिम कडा कारबाही अघि बढाइने केन्द्रले जनाएको छ ।
https://www.facebook.com/neabht/posts/993231849470023?ref=embed_post








