भरतपुर । चितवनको भरतपुरमा कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुरको कार्यालय अगाडि रामपुरतर्फ जाँदै गरेको बा १९ च १४० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ४६६१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उनिहरु घाइते भएका हुन ।
घाइते भरतपुर ७ का ३२ वर्षीय सुदिप पौडेल र भरतपुर १७ बस्ने ३९ वर्षीय पशुपति अधिकारी रहेका छन । उनिहरु दुबैजना कारका चालक हुन् ।
दुबै जनाको उपचार चितवन मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।








