काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक-दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ । यस्तै, राती स् देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक-दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








