• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

  •   शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन् । भेडाबारीका ६८ वर्षीय किसान प्रमोद न्यौपानेले यस वर्ष चैते धान १४ क्विन्टल उत्पादन गर्नुभएको हो ।

    सामान्यतया प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उत्पादन हुने यस क्षेत्रमा उहाँले प्रतिकट्ठा करिब छ क्विन्टल धान उत्पादन गर्नुभएको हो । “गत वर्षहरुमा पनि राम्रै धान उत्पादन हुने गरेको थियो”, उहाँले भन्नुभयो, “तर, यस वर्ष सोचेकोभन्दा बढी उत्पादन भएको हो ।” आफ्नो तीन कट्ठामात्रै खेत भएको उल्लेख गर्दै पराजुलीले दुई कट्ठामा धान र बाँकी रहेको १० धुर जमिनमा तरकारी लगाएको बताउनुभयो ।

    “घरमा हामी बूढाबूढीमात्रै छौँ, तीनवटा भैँसी र एउटा गाई पालेका छौँ”, उहाँले भन्नुभयो, “गाई भैँसीको मल बिक्री गर्दैनौँ, सबै खेतमा नै हाल्छौँ । त्यसैले हाम्रो उत्पादन बढी हुने गरेको छ ।” उहाँले आफ्नो जमिनमा तीन खेती गर्ने गरेको उल्लेख गर्दै बर्खे धान, तोरी र चैतधान उत्पादन गर्दै आएको बताउनुभयो । “यसपटक चैते पाँच नाम गरेको धान लगाएको थिएँ, खेतीबालीको राम्रो हेरचाह गर्दा उत्पादन राम्रो हुन्छ” उहाँले भन्नुभयो, “धानमा सिँचाइ गर्नका लागि खेतको नजिकै बोरिङ छ, आवश्यक मात्रामा मलजल दिइरहेको हुन्छु ।”

    गैँडाकोट–११ को यस क्षेत्रलाई सरकारले धानको ब्लक घोषणा गरेर अनुदानसमेत दिँदै आइरहेको छ । “अरुको भन्दा राम्रो धान उत्पादन हुँदा सन्तुष्ट छौँ तर किसानले उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “धान काटेकै दिनमा थ्रेस लगाएर मिलमा लगेर बिक्री गरेँ, प्रतिक्विन्टल रु तीन हजार दुई सयका दरले मूल्य पाएँ ।” मेहनत गरेर कृषि गर्दा उत्पादित वस्तुको मूल्य आफूहरुले निर्धारण गर्ने व्यवस्था भएमा किसानलाई खुसी मिल्ने न्यौपानेको भनाइ छ ।

    किसानले खेती गर्दा मलबीउको अभावसँगै विषादीको समस्या पनि आउने गरेको उहाँले बताउनुभयो । “किसानले एग्रोभेटमा गएर जथाभावी औषधि किनेर खेतीमा प्रयोग गर्छन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले निगरानी नै गरेको छैन, जसले गर्दा माटोसँगै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्दैछ ।”

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.