• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम

  •   बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ । अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चेपाङ तथा अति विपन्न बालबालिकालाई विद्यालय ल्याउन, टिकाउन, सिकाउन र विकाउन यो कार्यक्रम सञ्चालन गर्ने योजनासहित नीति तथा कार्यक्रममा समावेश गरेका हौंँ ।”

    नगरप्रमुख रेग्मीले ‘मेयरसँग केयर’ कार्यक्रमअन्तर्गत छात्रवृत्ति, शैक्षिक सामग्री, पोसाकसहित दिवा खाजालाई प्रभावकारी बनाइने र आवासीय विद्यालय सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि किताबविहीन अवस्था अन्त्य गर्दै शिक्षालाई प्रविधिसँग जोडेर सीपशाला सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाले आफ्नो दोस्रो कार्यकालको पाँचौँ नगरसभामार्फत आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

    उक्त नीति तथा कार्यक्रममा चेपाङ बालबालिकाको शिक्षाका लागि मेयरसँग केयर कार्यक्रमसँगै, एक वडा एक खेलकुद मैदान, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोगलगायत विषय समावेश गरिएको छ । आगामी आर्थिक वर्षका लागि करिब रु ८८ करोड बजेट ल्याइएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । बुधबार सम्पन्न नगरसभामा नगरप्रमुख रेग्मीले नीति तथा कार्यक्रम र उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व तथा अनुदान प्राप्तिको अनुमानका आधारमा रु ८७ करोड ७८ लाख ८१ हजार बजेट नगरसभामा प्रस्तुत गरिएको छ । नगरसभाको पहिलो बैठकबाट नगरप्रमुख रेग्मीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छभने उपप्रमुख तामाङले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट दोस्रो बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिनुभयो ।

    नगर उपप्रमुख तामाङले कूल बजेटमा आन्तरिक आयतर्फ रु छ करोड, राजस्व बाँडफाँटबाट रु १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट रु एक करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फबाट रु ४५ करोड १५ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकारकातर्फबाट रु सात करोड ३९ लाख ५० हजार, सडक बोर्डबाट रु ५० लाख, जिल्ला समन्वय समितिबाट रु ५० लाख, मालपोत रजिष्ट्रेसन र नदीजन्य पदार्थबाट रु छ करोड र गत वर्षको जिम्मेवारी सर्नेगरी रु तीन करोड आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

    कृषि र पशुपालनको विकास गरी उत्पादन बढाउन अधिकतम अनुदान, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोग, रैथाने बालीको संरक्षण, कालिकाको सान विषादीमुक्त खानपान, नगर किसान सम्मान, खाद्य सुरक्षाका लागि मीठोमसिनो खाउँ, खाना नफालौँ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षमा दुई सय ५० जनालाई रोजगारी, कोसेली घर निर्माण, पर्यटन विकासमार्फत स्थानीयको आयआर्जन र चेपाङबस्तीमा फलफूलखेतीलाई जोड दिइएको नगर उपप्रमुख तामाङले बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.