• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

न्याय पाउन नसेको द्वन्द्वपीडितको गुनासो

  •   शनिबार, असार ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । द्वन्द्वपीडितहरुले सङ्क्रमणकालीन न्याय पाउन नसकेको गुनासो गरेका छन् । मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको द्वन्द्वपीडितको मानव अधिकारको अवस्था तथा सङ्क्रमणकालीन न्याय वर्तमान अवस्था, चुनौती तथा कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राज्यबाट न्याय पाउन नसकेको बताएका हुन् ।

    भरतपुर महानगरपालिका–१२ की पार्वती खड्काले द्वन्द्वकालमा श्रीमान् गुमाउनुभयो । उहाँ अहिलेसम्म सरकारबाट न्याय पाउन नसकेको गुनासो गर्नुहुन्छ । खड्काले भन्नुभयो “२७ वर्षको उमेरमा श्रीमान् गुमाउन पुगँे । अहिलेसम्म कहीँ कतैबाट न्याय र परिपुरणको व्यवस्था हुनसकेको छैन ।” आयोगहरुले पीडितका पीडा झन बल्झाउने काम गरेको उहाँको गुनासो छ । राज्यपक्षबाट आज्ञफूहरुको माग सुनुवाइ हुन नसकेको खड्काले बताउनुभयो । यस्तै माडीका कृष्ण अधिकारी ६ महिनामा गर्नुपर्ने काम अहिलेसम्म पनि सम्पन्न नहुनु दुःखद रहेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो “सङ्क्रमणकालीन न्याय दिने काम अन्तर्राष्ट्रिय मान्यता अनुसार ६ महिनामा सक्नुपर्ने हो, तर अहिलेसम्म पनि पीडितले न्याय पाउन सकेका छैनन् ।” बृहत् शान्ति सम्झौता भएको लामो मसय वित्तिसक्दा पनि पीडितमाथि न्याय हुन नसकेको उहाँको भनाइ थियो । पीडितलाई परिपुरण गराउन राज्यले अहिलेसम्म पनि कुनै काम नगरेको भन्दै अधिकारीले आक्रोश व्यक्त गर्नुभयो ।

    राप्तीकी जमुना सेढाइँ द्वन्द्वकालका पीडितहरुको योगदानको कदर गर्न राज्य चुकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “एउटा उद्देश्य प्राप्तिका लागि भएका घटनाका क्रममा पीडित परिवारको योगदानको कदर हुन सकेन ।” न्याय, परिपुरणको पक्षमा राज्य चुकेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि द्वन्द्वपीडितको सम्मान हुनुपर्ने भन्दै सेढाइँले पीडितका कुरालाई वेवास्ता गरिएको बताउनुभयो । द्वन्द्व के कारणले भएको थियो भन्ने इतिहासलाई संरक्षण गरेर राख्नुपर्ने बेपत्ता परिवार समाजकी अध्यक्ष निशा न्यौपानेले बताउनुभयो ।

    द्वन्द्वको विषय पाठ्यक्रममा राखेर अध्ययन गराउनुपर्ने उहाँले बताउनुभयो । राज्यबाट न्याय पाउनुपर्ने र यसको इतिहासको संरक्षण गरिनुपर्ने न्यौपानेको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले द्वन्द्वका घटनामा पीडित भएका परिवारलाई राज्यले न्याय दिने कुरामा पछि हट्न नहुने बताउनुभयो । तीनै तहका सरकारले उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

    मानवअधिकार आयोगका अधिकृत जीवन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका खिमानन्द बस्यालले द्वन्द्वपीडितहरुको न्यायका लागि छुट्टै कानुन आवश्यक रहेको बताउनुभयो । तीनै तहका सरकारले कानुन बनाउँदा सङघीय कानुन नबाझिने गरी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.