• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

  •   बुधबार, असार २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उहाँले भन्नुभयो,“आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ । ”

    आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यस लगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी रु ६० करोड यस वर्षको सुरुआतीमा गरिएको भए पनि त्यसयता भुक्तानी हुन नसकेको उहाँले जानकारी दिनुभयो । दुई जिल्लामा गरी ११ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ खण्डमा ठेक्का लगाइएको थियो ।

    चितवनतर्फ नारायणीको पुलबाट उत्तरतर्फको ‘सिवीच मोडल’ रु १७ करोड खर्च गरेर काम सम्पन्न गरिसकिएको छ । आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार गाँजीपुरदेखि हीरापुरसम्मको पाँच किलोमिटर तटबन्ध काम सम्पन्न भएको छ । रु ४८ करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । रु ३६ करोड भुक्तानी गर्न अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । चितवनतर्फ सिसइदेखि बालुवासम्मको ५ दशमलव ८ किलोमिटर तटबन्ध रु ३७ करोड ४८ लाखमा ठेक्का लगाइएको थियो । यसको भौतिक प्रगति २० प्रतिशत भएको छ । काम गरेको रु एक करोड ११ लाख बजेट अभावमा भुक्तानी हुन सकेको छैन ।

    रामघाटदेखि शिवघाटसम्मको पाँच किलोमिटर तटबन्धको काम ५१ प्रतिशत भइसकेको छ । रु एक अर्ब १५ करोडमा ठेक्का लगाईएकोमा बिल प्राप्त भएर पनि रु २६ करोड भुक्तानी गर्न नसकिएको न्यौपानेले जानकारी दिनुभयो । बालुवादेखि गोलाघाटसम्मको ४ दशमलव ३ किलोमिटर तटबन्धको काम रु २६ करोडमा ठेक्का लगाइएको थियो । जसमध्ये भौतिक प्रगति ८६ प्रतिशत भइसकेको छ । बिल प्राप्त भएर पनि रु १० करोडबढी भुक्तानी गर्न बाँकी रहेको छ ।

    नवलपरासीतर्फ तटबन्धको काम भएर पनि भुक्तानी रोकिँदा समस्या भएको उहाँले जानकारी दिनुभयो । कुसुमघाटदेखि थुम्सीसम्मको ४ दशमलव ९ किलोमिटर तटबन्धको २३ प्रतिशत काम सम्पन्न भएको छ । रु एक अर्ब नौ करोडमा ठेक्का लगाइएको यस खण्डमा रु आठ करोड ७१ लाख भुक्तानी हुन बाँकी रहेको छ । देवचुली नगरपालिका–१७, कावासोती नगरपालिका वडा नं १५ र मध्यविन्दु नगरपालिका वडा नं २ र ३ मा १ दशमलव ८ किलोमिटर तटबन्धको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।

    जसको ठेक्का रकम रु १२ करोड रहेको छ । यो ठेक्कामा काम भएर बिल पेस भएको रु छ करोड ७६ लाख भुक्तानी हुन बाँकी छ । कावासोती वडा नं ११ र मध्यविन्दु वडा नं १५ मा २.७ किलोमिटर तटबन्धको ठेक्का लगाइएकोमा ९७ प्रतिशत प्रगति भएको छ । रु १२ करोड १७ लाखमा लगाईएको यो ठेक्काको रु एक करोड ८३ लाख भुक्तानी हुन बाँकी छ । सुस्ता गाउँपालिका वडा नं ५ मा चार सय मिटर तटबन्धनको प्रगति ७० प्रतिशत भएको छ । न्यौपानेका अनुसार रु दुई करोड ८० लाख भुक्तानी बाँकी छ ।

    ठेक्का रु पाँच करोड ८६ लाखमा लगाईएको हो । गैँडाकोटको सिस्ने र पितौजीमा आठ सय मिटर तटबन्धको ७० प्रतिशत काम सम्पन्न हुँदै गर्दा रु तीन करोड ८० लाख भुक्तानी बाँकी छ । यो ठेक्का रु छ करोड ८० लाखको हो । मध्यविन्दुको नन्दपुरमा तटबन्धको काम सम्पन्न भएको छ । निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताउनुभयो । निर्माण कम्पनीले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उहाँ बताउनुहुन्छ ।

    कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी नपाएमा ब्याजसमेत पाउने व्यवस्था रहेको छ । उहाँले सोहीअनुसार कतिपय कम्पनीले ब्याजसमेत दाबी गरेर पत्राचार गरेको बताउनुभयो । सम्झौतामा पाँचदेखि १० प्रतिशतसम्म ब्याज दिने उल्लेख छ । यी सबै ठेक्का विसं २०८२ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समय रहेको छ ।

    निर्देशक साहले भन्नुभयो, “समयमा भुक्तानी गर्न नसक्दा सोचेजस्तो काम लगाउन सकिएको छैन ।” नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव ५ किलोमिटर तटबन्ध गर्न लागिएको हो । दुवैतर्फ काम सम्पन्न गर्न रु २३ अर्ब खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ । रासस

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.