• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक’

  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । नबिल बैंक स्थापनाको ४० वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित ‘दिगो विकासमा बैंकिङ क्षेत्रको भूमिका’ शीर्षकको प्यानल छलफलमा उहाँहरूले दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएको र सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले लगानी केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    नबिल बैंकका अध्यक्ष डा उपेन्द्र पौड्यालले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण भए पनि लक्ष्य प्राप्तिमा भने सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत निजी क्षेत्रको योगदान र त्यसमा बैंकको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले पनि नीतिगत तथा व्यावहारिक रूपमा दिगो विकासका लक्ष्य प्राप्तिमा साथ दिन आवश्यक रहेको बताउनुभयो । “मुलुकको अर्थतन्त्र कता लैजाने भन्ने विषय बैंकले कुन क्षेत्रमा लगानी गर्छ भन्नेले पनि अर्थ राख्छ, पछिल्लो समयमा बैंकहरूले जलविद्युत् आयोजनामा लगानी बढाएकाले मुलुकको अर्थतन्त्र सोही दिशामा अघि बढेको छ”, उहाँले भन्नुभयो ।

    अबको बैंकिङ क्षेत्र वास्तविक अर्थतन्त्रमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले दिगो विकासका लागि ऊर्जासँगै खाद्य र पानीको सुरक्षा महत्त्वपूर्ण भएकाले सीमसार जोगाउनेदेखिका काममा सबैको ध्यान जानुपर्नेमा आवश्यकता औँल्याउनुभयो । यसका लागि बैंक तथा वित्तीय संस्थासँगै सरकार र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक भएको उहाँको भनाइ थियो । अध्यक्ष पौड्यालले नबिलको दिगो बैंकिङको अभ्यासलाई सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    “नबिल बैंकले आफ्ना लागि मात्रै काम गरेको छैन, ग्राहकको आवश्यकतालाई सम्बोधन हुने र दिगो विकासमा सहयोग पुग्नेगरी कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गरेको छ”, उहाँले भन्नुभयो । सोही अवसरमा वर्ल्ड वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ)का नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले हरेक काम आफ्ना लागि हो भन्ने सोचका साथ गर्ने हो भने त्यसले दिगो विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । “दिगो विकास वातावरण जोगाउनका लागि होइन, यो त म आफ्नै लागि हो भन्ने सोचले काम गर्नुपर्छ, वातावरण जोगाउन सकेनाँै भने हामीह नै बाँच्न नसक्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।

    दिगो विकासका लागि बैंकिङ क्षेत्रको लगानी जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा केन्द्रित हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले वातावरण, सामाजिक र शासन (इएसजी)लाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक क्षेत्रमा पानी आवश्यक पर्ने भएकाले सबैभन्दा पहिला पानीको सुरक्षा गर्नु दिगो विकासको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।

    ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा एलिजा स्थापितले दिगो विकास सबै क्षेत्रसँग अन्तरसम्बन्धित भएकाले कुनै एक क्षेत्रको मात्रै अग्रसरता पर्याप्त नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले बैंकहरूले पनि आगामी दिनमा घर कर्जा सिमेन्ट प्रयोग हुने घरका लागि मात्रै दिने कि बाँसबाट पनि निर्माण हुने घरलाई दिने हो त्यसमा विचार गर्नुपर्ने समय आएको बताउनुभयो । आफूहरूले मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको र दिगो विकासलाई ध्यान दिइएको उहाँको भनाइ थियो ।

    सोही अवसरमा हिन्दुकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) महानिर्देशक डा पेमा ग्याम्त्सोले पर्यावरण जोगाउन र पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । दिगो विकास र वातावरण संरक्षण एक्लो प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले यसका लागि सबै सरोकारवाला ‘थिङ्क ग्लोबल्ली, एक्ट ग्लोबल्ली’ सोचका साथ अघि बढ्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

    उहाँले कुनै एक स्थानमा उत्पन्न हुने समस्याले समग्र प्रणालीमा असर पार्ने भएकाले सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो । “काठमाडौँमा हुने वायु प्रदूषण अन्यत्रै भएको समस्याका कारण पनि हुनसक्छ, त्यसैले हरेक क्षेत्रमा दिगो विकासलाई ध्यानमा राख्दै काम गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले दिगो विकासका लागि पानीको सुरक्षाका साथै यातायातका साधनलाई वातावरणमैत्री बनाउन जरुरी रहेको धारणा व्यक्त गर्दै बैंकिङ क्षेत्रले पनि दिगो विकास तथा हरित अर्थतन्त्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो हाल विद्युत्को पहुँच ९९ दशमलव नौ प्रतिशत जनसङ्ख्यामा पुगेको उल्लेख गर्दै ग्यासलाई विस्थापित गर्दै विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । “हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य नै प्रतिसिलिण्डर रु आठ हजारसम्म पर्ने रहेछ, त्यसको साटो स्वदेशी विद्युत्को प्रयोग गर्ने हो भने दिगो विकासमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पनि बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले चिलिमे जलविद्युत् आयोजनाको शेयर स्थानीयलाई वितरण गर्ने क्रममा नबिल बैंकले शाखा स्थापना गरी खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

    “दिगो विकासका लागि विकास दशक घोषणा गरौँ । सरकारी स्तरबाट नीति तथा कानुनमा के–कस्ता परिवर्तन गर्नुपर्ने हो त्यसमा काम गरौँ, राजनीतिक प्रतिबद्धताका साथ कार्यान्वयन गर्न सकियो भने दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले यसका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सधैँ साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.