• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नारायणगढ–मुग्लिङ सडक : छैन पहिरो रोक्ने दीर्घकालीन योजना

  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ । दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।

    भूगर्भविद डा. रञ्जनकुमार दाहाल नारायणगढ–मुग्लिङ सडकमाथिका पूरै पहाडको पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताउनुहुन्छ ।

    “अब झारा टार्ने पाराले हैन । एक एक पहाडको पहिरोको जोखिम अध्ययन गरी नियन्त्रणको कार्य तत्काल सुरु गरिनु पर्छ,” उहाँले भन्नुभयो, “यसअघि सानातिना र एक दुई वटा पहिरो विशेषमा अध्ययन भयो होला तर त्यतिले नपुगेको हरेक वर्षको पहिरो र जनधनको क्षतिले पनि पुष्टि गरेको छ ।”

    पछिल्लो पटक शुक्रबार बिहान मात्रै भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोले बगाएर काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस ६१ जना यात्रुसहित बेपत्ता छन् । बसमा यात्रा गरेका ६५ जनामध्ये भारतीय नागरिक ऋषि पालको शनिबार शव भेटिएको छ भने तीन जना पौडिएर बाँच्न सफल भएका छन् ।

    यस्तै सोही सडककै भरतपुर महानगरपालिका–२९ मा पर्ने सत्रकिलोमा शुक्रबार बिहान नै बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा चालक नवलपरासी सुनवल नगरपालिका–४ का मेघनाथ विकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो होइन । यसअघि पनि पटक पटक मानवीय तथा आर्थिक क्षति गरिरहेकै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवलदार घनश्याम चौधरीका अनुसार २०७८ देखिका तीन वर्षमा यो सडकमा ७६ पटक पहिरो झर्दा ३२६ घण्टा त सडक नै अवरुद्ध भएको छ ।

    यो सडकमा विगत दुई वर्षमा पहिरोमा परी ११ वटा सवारी साधनमा क्षति पुगेको, शुव्रmबार भएको घटनासहित नदीमा सवारी साधन पहिरोमा पुरिएर दुईको मृत्यु, ६१ जना बेपत्ता र छ जना घाइते भएका छन् । यस्तै दुई वर्षकै अवधिमा यसअघि सात वटा सवारी साधन त्रिशूली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ ।

    विज्ञ डा. दाहाल यस्तो बारम्बार भइरहनुमा पहिरो नियन्त्रणको पहल वैज्ञानिक नहुनु नै ठान्नु हुन्छ । “घटनाहरूले हरेक वर्ष वर्षा सुरु भएसँगै पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै असुरक्षित बनाएको छ तर पहिरोको जड अध्ययन नहुनु नै ठुलो समस्या हो,” उहाँको तर्क छ ।

    नारायणगढ–मुग्लिङ सडक पुनर्निर्माणकै क्रममा पहाड काटिएको यो सडकको ३१ स्थानमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आइसिटी) ले अध्ययन गरी पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिङ सडक आयोजनालाई सुझाव दिएको थियो । सोही प्राविधिक सुझावका आधारमा आयोजनाले १४ करोड रुपियाँ खर्च गरी २५ स्थानको पहिरो नियन्त्रणको काम पनि ग-यो ।

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेल अहिलेको समस्या पुराना पहिरोभन्दा पनि नयाँ नयाँ ठाउँमा आएका पहिरो समस्या बनिरहेको बताउनु हुन्छ ।

    उहाँले भन्नुभयो, “अहिले नारायणगढ–मुग्लिङ सडकमा १३ ठाउँमा सानाठुला पहिरा छन् । यी सबै नयाँ हुन् ।”

    नयाँ नयाँ ठाउँबाट पहिरो झर्न थालेपछि समस्याको पहिचानबारे नै अध्ययन हुनुपर्ने देखिन्छ । अहिले यो सडकमा सिमलताल, कालीखोला, सत्रकिलो, उन्नाइसकिलोलगायतका ठाउँमा पहिरोको समस्या छ । अहिले भएको पहिरो विशेषतः राजमार्गभन्दा माथिल्लो भागबाट भेलले पहिरो बगाएर ल्याउने र त्यसलाई सडकमा थुपार्ने नै हो ।

    “सिमलतालमा दुई दुई वटा यात्रुवाहक बस बगाएको भेलसहित आएको पहिरोले नै हो । यो भनेको राजमार्गभन्दा माथिल्लो भागमै पहिरो छ, त्यसलाई समेत नियन्त्रण गर्न जरुरी छ भन्ने हो,” उहाँले भन्नुभयो ।

    नारायणगढ–मुग्लिङको पहिरोको समस्या सेट भएर बसेको राजमार्गलाई कहिले सडक बनाउने त कहिले पुल बनाउने नाममा चलाई (पहाड फुटाउने वा काट्ने) रहँदा पनि समस्या उत्पन्न भएको हो । सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनर्निर्माणको काम थालनी भएको नारायणगढ–मुग्लिङ सडकको पुनर्निर्माण गरेर २०१९ जुन १० देखि पछिल्लो अगस्ट ९ सम्म तीन किस्तामा हस्तान्तरण गरिएको थियो । विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा अहिले यो सडकमा १५ वटा पुल निर्माण भएका छन् । २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका यी पुल बनाउन पनि धेरै ठाउँमा पहिरो काटिएका छन् । सडक अवरुद्ध हुने गरी पहिरो खस्नुमा सडकमाथि जथाभाबी बनेका ग्रामीण सडक पनि कारण हुन सक्ने बताइन्छ । मूल सडकभन्दा माथि स्थानीय तहहरूले विभिन्न ग्रामीण सडक बनाइरहेका छन् ।

    सडकभन्दा माथिल्लो भागको चट्टान चलाउँदै गर्दा त्यो पहिरोका रूपमा तल सडकमै खस्ने विज्ञहरूले औँल्याएका छन् । पहिरो जोखिम क्षेत्र सत्रकिलोभन्दा माथि अहिले पनि प्लटिङ गरिएको छ । मूल सडकबाट त्यो प्लटिङसम्म जाने सडक बनाउँदा पनि अहिले समस्या भएको बताइन्छ ।

    अब पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न जरुरी छ । डिभिजन सडक कार्यालय भरतपुरले विज्ञ लगाएर नाम्सीखोला, तीन नम्बर पुल र कालीखोलामा गरेको अध्ययनले तीन ठाउँको पहिरो नियन्त्रणका लागि मात्रै ५२ करोड रुपियाँ खर्च लाग्ने निष्कर्ष निकालेको छ ।

    डिभिजन प्रमुख रमेश पौडेल यस्तो पहिरो धेरै ठाउँमा रहेकाले दीर्घकालीन योजनाअघि बढ्नु नै समस्याको समाधान भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “पहिरोको दीर्घकालीन समस्या समाधानका लागि कतै रुखबिरुवा रोपेर पहिरो नियन्त्रण गरिने प्रविधि ‘बायोइन्जिनियरिङ’ लाई जोड दिनु पर्ला त कतै रक (पहाडको चट्टान) खोपेर नै भित्रैदेखि जाली हालेर पहिरो रोक्नु पर्ला । कतिपय स्थानमा सडकबाटै कङ्व्रिmटको पर्खाल नै लगाएर पनि पहिरो नियन्त्रण गर्नुपर्ने हुन सक्छ । यसका लागि पूरै सडकभरिकै पहिरोको अध्ययन गरेर पहिरो नियन्त्रणमा ठोस कदम अगाडि बढाउन जरुरी छ ।”गोरखापत्रबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.