• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

अक्सफोर्ड कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

  •   बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको छ । बुधवार आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनियर हरि भण्डारीले आफूहरुले विद्यार्थीलाई शिक्षासँगै असल संस्कार दिँदै आएको बताउनुभयो । कलेजमा सैद्धान्तिक ज्ञानसँगसँगै विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारिक ज्ञान दिने गरेको उल्लेख गर्दै भण्डारीले अक्सफोर्ड कलेज उत्कृष्ट व्यवस्थापनमा सञ्चालन भएकाले शैक्षिक वातावरण राम्रो भएको दाबी गर्नुभयो ।

    “शैक्षिक संस्थाको व्यवस्थापन उत्कृष्ट भए शैक्षिक वातावरण पनि राम्रो हुन्छ” भण्डारीले भन्नुभयो, “व्यवस्थापनसँगै कलेजको भौतिक संरचना, सूचना केन्द्र, पुस्तकालय, प्रयोगशाला उत्कृष्ट छन् ।” सबै विधामा कलेज उत्कृष्ट भएकाले बर्सेनि नतिजा समेत राम्रो आउने गरेको प्राचार्य भण्डारीले बताउनुभयो । कलेजले कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, कानुन, आमसञ्चारसहित स्नातकमा पोखरा विश्वविद्यालयको बिबिए, होटल व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङसहित स्नातकोत्तरसम्मको अध्यापन गराउँदै आएको उहाँले बताउनुभयो ।

    विद्यार्थी कलेजमा प्रवेश गरेपछि उनीहरुले शिक्षासँगै संस्कार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएर बाहिर निस्कने भण्डारीको भनाइ थियो । कार्यक्रममा विज्ञान संकायका पूर्व विभागीय प्रमुख कृष्णहरि पौडेलले कलेजमा पढाइसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेको बताउनुभयो । “यहाँ किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा समेत प्रदान गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “उत्कृष्ट शिक्षक, सुविधासम्पन्न भौतिक संरचना, छुट्टाछुट्टै प्रयोगशाला रहेकाले यहाँ अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट हुन्छन् ।”

    अभिमुखीकरण कार्यक्रममा कलेजका पूर्व विद्यार्थी एवम् राष्ट्रिय बाणिज्य बैंक गैँडाकोट शाखाका सहायक शाखा प्रबन्धक किशोर खड्काले बैंक तथा वित्तीय क्षेत्रका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा डा आदित्य लाभले विज्ञान संकायमा बायोलोजी पढ्नुको फाइदा तथा अवसरको बारेमा एवम् इन्जिनियर रवि घिमिरेले इन्जिनियरिङतर्फको पढाइ र अवसरको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।

    कलेजका सहायक प्राचार्य तिलक पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डतर्फ व्यवस्थापन तथा विज्ञान संकायका विभागीय प्रमुख, उपप्रमुख स्नातक तहका कार्यक्रम प्रमुख, विषय शिक्षक, कर्मचारीसहित, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.