नवलपुर । गैंडाकोटका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो । गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा गरिएको परीक्षणमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यो समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।








