चितवन । यातायात व्यवस्था कार्यालय चितवनको एकबर्षको आम्दानी ८८ करोड भन्दा बढी संकलन भएको छ । कार्यालयले गत आर्थिक बर्ष २०८० , ०८१ को साउन महिनादेखि असार सम्म ८८ करोड २० लाख ८१ हजार ४४३ रुपैंया संकलन गरेको हो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, चालक अनुमुति पत्र,सवारी दर्ता सम्बन्धी दस्तुर , सवारी साधन कर, प्रशासनिक दण्ड जरीवाना, अन्य प्रशासनिक सेवा शिर्षकमा कर संकलन गर्दै आएको छ । जसअनुसार सबैभन्दा बढी सवारी साधनकरबाट ६३ करोड ५० लाख ६९ हजार ३८५ रुपैंया आम्दानी गरेको छ ।
यस्तै चालक अनुमति तथा सवारी दस्तुर शिर्षकबाट २० करोड ६१ लाख १८ हजार ५३९, यातायात क्षेत्रको आम्दानी ४ करोड दुईलाख ७४ हजार १३३ रुपैंया, प्रशासनिक दण्ड जरीवाना ५ लाख ७४ हजार ८६ रुपैंया , अन्य प्रशासनिक सेवाबाट ४० हजार ४०० रुपैंया र बेरुजु ४हजार ९०० रहेको छ । कार्यालयका प्रमुख पदम प्रसाद बजगाईंले गतबबर्ष लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको बताए ।
‘ हाम्रो अपेक्षा त १ अर्ब पुरयाउने थियो , उनले भने, तर अधिकांश सवारी कर नवीकरण नगरेकोले पनि कम भएको हुनसक्छ । ’ देशमा सुस्त आर्थिक गतिविधिका कारण पनि यातायात क्षेत्रमा पनि असर परेको उनको भनाई छ ।








