काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








