चितवन । चितवनमा थप ३७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएका ७२ नमूना मध्ये ३७ वटा नमूनाको कोभिड १९ कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमित हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुरका १३ जना पुरुष र ६ जना महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनीका २ पुरुष, रत्ननगरका १ महिला संक्रमित भएका छन् । यसैगरी नवलपरासीको विनय त्रिवेणीका १, गैंडाकोटका १, गोरखा पालुङटारका २, लम्जुङ बेशिशहरका १, मोरङ विराटनगरका १ र रुपन्देहीको बुटवलका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।









