चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १५ मा ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । यस अघि स्वास्थ्य चौकी रहेको उक्त भवनलाई आजबाट इलाका प्रहरी कार्यालयको रुपमा स्थापना गरिएको हो। कार्यालयको उद्घाटन गर्दै गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी९पथिक०ले गाउँ गाउँमा प्रहरी कार्यालय स्थापना गरेर शान्ति र सुरक्षालाई सरकारले सधै प्रथामिकतामा राखेको बताउनु भयो। “अस्थायी प्रहरी चौकीलाई बिस्तार गरेर इलाका प्रहरी कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको आन्तरिक तयारी रहेको छ।” पथिकले भन्नु भयो, “नागरिकको सुरक्षा सरकारको प्रमुख जिम्मेवारी हो।” जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार ४५ जनाको दरवन्दी हुने गरी स्थापना भएको कार्यालयमा तत्काल १३ जनाबाट सेवा प्रवाह हुने र आवश्यकता अनुसार थप्दै लगिने छ । फुलबारी चौतारा चितवनमा स्थापना गरिएको कार्यालयको जिम्मा प्रहरी निरीक्षक तहको कमाण्डमा प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी(पथिक), भरतपुर महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।








