काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।








