• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

१५९औँ मोती जयन्ती : नेपाली साहित्यमा मोतिरामको उल्लेखनीय योगदान

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  युवाकवि मोतीराम भट्टको १५९औँ जयन्ती आज काठमाडौँमा विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको सोह्रखुट्टेमा समस्यापूर्ति कवि सम्मेलन, सम्मान तथा एक वर्षभित्र दिवंगत भएका कविहरुलाई सम्झिएर आज मोती जयन्ती मनाइएको हो । नेपाली शिक्षा परिषद् र लेखनाथ साहित्य सदनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले युवाकवि भट्टले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान पु-याएको बताउनुभयो ।

    उहाँले ७० वर्षसम्म संस्थाले नियमित कार्यक्रम राखेर मोतीरामलगायत अन्य कविहरुलाई सम्झिँदै आएको बताउनुभयो । नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का सदस्य सचिव एवं राष्ट्रिय युवा सेवा कोषका कोषाध्यक्ष लक्ष्मण थापाले मोतीराम भट्टले ३० वर्षको अल्पआयुमै नेपाली साहित्यको भन्डारलाई उच्च स्थानमा पु-याउनुभएको उल्लेख गर्नुभयो । भानुभक्तलाई चिनाउन मोतीरामको अहम भूमिका रहेको उहाँको भनाइ थियो ।

    उहाँले परिषद्ले विसं २०१० देखि भानुजयन्ती मनाउन थालेएको र सोही वर्षको कुशेऔँसीदेखि मोतीजयन्ती मनाउन थालिएको जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले ७० वर्षदेखि निरन्तर सदनले यसरी कवि भट्टको सम्मान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “मोतीराम भट्टले आफू मात्र नभएर मोती मण्डलीलाई अगाडि बढाउनुभएको थियो । भानुभक्तको जीवनचरित्र लेखेर चिनाउने काम उहाँले गर्नुभयो, उहाँलाई नेपाली साहित्यले कहिल्यै विर्सन सक्दैन ।”

    उहाँले एक वर्षभित्र दिवंगत हुनुभएका कविहरुलाई सम्झेर उहाँहरुको पनि सँगसँगै जयन्ती मनाउने परम्परा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सो क्रममा उहाँले एक वर्षभित्र दिवंगत हुनुभएका व्यक्तित्वहरुबारे जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा युवा वर्ष मोती पुरस्कारबाट साहित्यकार तथा कलाकार केदार श्रेष्ठ सम्मानित हुनुभएको छ ।

    उहाँलाई रु ४० हजार राशीसहित सम्मान गरिएको हो । कार्यक्रममा कविहरुले गजलवाचन समेत गर्नुभएको थियो । विसं १९२३ भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मिनुभएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु-याउनुभएको थियो । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.