• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने

  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो । भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक रहने छन् । गैंडाकोट नगरपालिकालाई पनि प्रवद्र्धक लागि आग्रह गरिएको छ ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको एक टोलीले महोत्समा उपस्थित हुनका लागि बागेश्वर बाबा, योगगुरु रामदेव र आचार्य बालकृष्णलाई निम्तो गरेर आएको हो । दिल्लीमा निम्तो गरेपछि उहाँहरुकै आग्रहमा हरिद्वार पुगेर बैठक बसी कार्यक्रममा सहभागी हुने निर्णय भएर आफूहरु फर्किएको दाहालले बताउनुभयो । उहाँहरु तीन दिनसम्म देवघाटमा रहनु हुनेछ । महोत्सव आगामी कात्तिक २७ गते ठूली एकादशीबाट पाँच दिनसम्म चल्नेछ । भरतपुर–१ देवघाटस्थित नदी तटीय क्षेत्रमा महोत्सव हुनेछ ।

    प्रमुख दाहालले भन्नुभयो, “महोत्सवमा लाखौंको उपस्थिति रहने र अन्तर्राष्ट्रिय जगतलाई देवघाटको महिमाका बारेमा बुझाउने अवसर मिल्ने छ ।” धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने उहाँको भनाइ छ । महोत्सवका संयोजक देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले यो महोत्सव अहिलेसम्मकै यहाँको ठूलो महोत्सव हुने बताउनुभयो । यो शङ्कर मोचन महायज्ञ भएको भन्दै उहाँले दैनिक एक लाख बढी भक्तजन आउने अपेक्षा गरिएको बताउनुभयो । महोत्सवमा नेपाल र भारतका सन्त महन्त, महामण्डलेश्वर, जगतगुरु, पीठाधिश, धार्मिक गुरुलगायतको उपस्थिति हुने पौडेलको भनाइ छ ।

    यो महोत्सवले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पौडेल बताउनुहुन्छ । धार्मिक गुरुहरुको उपस्थितिमा गण्डकी परिक्रमा लगायतका धार्मिक कार्यक्रमसमेत गरिँदै छ । दाहालसँगै पौडेल र सामाजिक व्यक्तित्व उमाशङ्कर अग्रवाललाई दिल्लीस्थित हाम्रो स्वाभिमान ट्रष्टले सम्मान गरेको थियो । सम्मानपछि उहाँहरुले औपचारिक रुपमा धार्मिक गुरुहरुलाई निम्तो दिनुभएको हो । सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षको रुपमा मनाइरहेको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म भ्रमण वर्ष सहयोगी बनेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.