चितवन । । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सेढाई होल्डिङ्ग प्रालिले पन्च ईभी भेरियण्ट चितवनमा सार्वजनिक गरेको छ । आज भरतपुरमा एक कार्यक्रमकाबीच चितवन उद्योगसंघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने , टाटाका कन्ट्री मेनेजर प्रसन्न रंगनाथन र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया लगायतले संयुक्त रुपमा उद्धघाटन गरेका हुन्। उद्धघाटनपछि बोल्दै प्रमुख अतिथि न्यौपानेले टाटाको इतिहास पुरानो र विश्वासिलो रहेको बताउंँदै नेपालमा यस्ता प्रकारको इभी गाडी प्रयोग गर्न जोड दिए ।
टाटाको देशभर चार्जर स्टेशसनको पहुंँच सहज भएकोले यसको बिक्री बढ्ने विश्वास व्यक्त गरे । सिप्रदीका उपाध्यक्ष थपलियाले टाटाको नेक्सन आएपछिनै नेपालमा इभि र इकोसिष्टम गाडीको बहार आएको बताए । नेपालमा टाटा गाडीको सम्बन्ध ४२ बर्ष भएको भन्दै ग्राहकलाई ढुक्कसंँग प्रयोग गर्न आग्रह गरे । टाटाको कन्ट्री मेनेजर रंगनाथनले टाटा पन्च इभीले भारतमा बिक्रीको रेकर्ड तोडेको बताउंँदै नेपालमा पनि यसले उचाई प्राप्त गर्ने विश्वास गरे ।
पन्च इभीको सबै सिष्टम अटोमेटिक र चालकमैत्री भएकोले यो नेपालको माटो र मुल्य सुहाउने गाडी भएको दाबी गरे । सिप्रदी डिलर्सका सेल्स मेनेजर मेघराज ढुंगेलले गाडीको फिचरका बारेमा जानकारी दिएका थिए । कम्पनीका अनुसार टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त भएको कम्पनीले जनाएको छ ।
१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स रहेको पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालका विभिन्न भूभागमा गरेको परीक्षणमा यो गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको ढुंगेलले बताए ।
लन्चिङ्गको अवसरमा गाडी बुकिङ्ग गर्ने ग्राहकलाई टाटाको चार्जिङ्ग स्टेशनबाट चार्जिङ्ग गर्दा ८ बर्षसम्म निशुल्क सुविधा दिइने ढुंगेलको भनाई छ । सेढाई होल्डिङ्गसका प्रबन्ध निर्देशक निर्देश सेढाईले ग्राहकले पन्च इभिको बुकिङ्ग दर राम्रो भएको भन्दै यसले चितवनका ग्राहकको रोजाइमा पर्ने बताए । सेढाईले गाडीको बिक्रीका साथै यसको सर्भिस र सपोर्टको लागि कुनै कमी नराख्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी, चितवन चेम्बर अफ कर्मस चितवनका अध्यक्ष गोपाल भट्टराइ, वरिष्ठ गायक रामकृष्ण ढकालले इभी गाडीको प्रयोगले इन्धन आयातमा बल पुग्ने भन्दै विद्युतीय खपत बढाउन पनि मदत पुग्ने बताएका थिए ।









