• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो ।

    मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताउनुभयो । ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका सुवालले जानकारी दिनुभयो ।

    उहाँले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताउनुभयो । नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेज अफ लमा कूल ४१ हजार सात सय ९८ जना विद्यार्थी भर्ना भई अध्ययन गरिसकेका जानकारी दिनुभयो ।

    नेपाल ट्रष्टको नामका सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडागरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै उहाँले उक्त जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.