• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुरमा वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेला–२०८१ को शुभारम्भ

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पर्व मेला २०८१ अन्तर्गत चितवन उद्योग संघको आयोजना र वेश ग्लोबल प्रा.लि.को सह–आयोजनामा वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत गर्नुभएको मेलामा बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्ग प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि तामाङ्गले स्वदेशी उद्योगहरुबाट नै उत्पादन भएका वस्तुहरुलाई मेलाको माध्यमबाट एउटै छानामुनी प्रदर्शनी तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाले समग्र उद्योग क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । पर्व मेला अन्तर्गतको वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको आयोजक संस्था, वेश ग्लोबल प्रा.लि.का अध्यक्ष होमनाथ उपाध्यायले मेलाको बारेमा जानकारी गराउनु भएको थियो । समुद्घाटन कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, जिल्ला समवन्य समितिको कार्यालयका प्रमुख नारायण प्रसाद अधिकारी, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनका अध्यक्ष रुद्र न्पौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    २०८१ असोज १ गतेदेखी असोज २४ गतेसम्म सञ्चालन गरिनेछ मेलामा बेश ग्लोबल प्रा.लि., शुभकामना फुटवेयर इण्डष्ट्रिज, लालीगुराँस फुटवेयर इण्डष्ट्रिज, भेनस सुज इण्डष्ट्रिज, पवित्रा शु इण्डष्ट्रिज प्रा.लि., आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि., सुरबी पोलिमर्स, शिखर शु इण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित बि.एफ.डियर हिल, बि.एफ.स्पोटस्, फष्ट वाल्क, क्रस रोड, स्मार्ट शुज, शिखर शुज, हाई लाईफ, शुज ल्याण्ड लगायतका ब्राण्डका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिनेछ ।

    करीब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेलामा प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ । साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

    ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको पर्व मेला २०८१ ले विश्वमा देखिएको आर्थिक मन्दीको कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक पर्यटकलाई आर्कषण गर्न सहयोगी हुने विश्वास लिइएको छ । निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने पर्व मेला २०८१ बिहान ९ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको शुभारम्भ कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.