काठमाडौं । र्यापर भिटेन उर्फ समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो। घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए । यसअघि हालै सार्वजनिक नयाँ गितमा अपमानजनक शब्द प्रयोग गरिएको भन्दै उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।








