• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ ।

    प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ ।

    ‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’

    वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ ।

    सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देल भन्नुहुन्छ, “तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।”

    संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले स्पष्ट पारिसक्नुभएको छ ।

    प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गर्दै हुनुहुन्छ ।

    सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुहुन्छ । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने विषय प्रधानसेनापतिको पहिलो सम्बोधनमा व्यक्त भएको उहाँले जानकारी दिनुभयो ।

    प्रधानसेनापतिसँग देश र जनताका हितमा काम गर्ने अथाह ज्ञान

    नेपाली सेनाका पूर्वसहायक रथी धर्म बानियाँ राष्ट्रिय सुरक्षालाई सबल बनाउने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती विश्लेषण गर्दै नेपाल राष्ट्र र नेपाली जनताको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा महारथी सिग्देलमा अथाह ज्ञान रहेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “सैद्धान्तिक, व्यावहारिक, रणनीतिक कौशल र पेशागत सीपमा निपूर्ण महारथी सिग्देलले सेनालाई आधुनिकीकरण गर्दै लैजाने क्रममा आवश्यक उपकरणसहित हातहरितयार, सूचना सङ्कलन, तल्लो दर्जाका जनशक्तिलाई लक्षित गरी कल्याणकारी कार्य अघि बढाउन ध्यान पुर्याउनुहुने छ ।”

    नेतृत्वबाट कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता व्यक्त भइसकेको छ । हिताधिकारीलाई बहिरङ्ग उपचार सेवाको वार्षिक सीमा पुनरावलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने विषय पनि पहिलो सम्बोधनमै परेको छ ।

    पूर्वसहायक रथी बानियाँ सरकारको अभिन्न अङ्ग हुनुका नाताले राष्ट्र विकासमा सेनाको भूमिकालाई थप विस्तार गर्न महारथीलाई सुझाव दिनुहुन्छ । सैनिक–नागरिक सम्बन्ध र सैनिक कूटनीतिक सम्बन्ध विस्तारमा पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सैनिक नेतृत्वले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने विश्वास दिलाएको छ । सैनिक–नागरिक सम्बन्धलाई थप घनिष्ट तुल्याउन शिक्षा, स्वास्थ्य, कला संस्कृति, परम्परा, पर्यावरण संरक्षण तथा राज्यका सम्पदाहरूको सुरक्षामा पनि सेना तल्लीन छ ।

    महारथी सिग्देल भन्नुहुन्छ, “समग्र संस्थाको हितमा काम गर्न, असल नियतले काम गर्ने मामिलामा नडराउन, व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थाको ‘तेजोबध’ नगर्न तथा मूलमन्त्रका रूपमा रहेको ‘सैनिक अनुशासन र मर्यादा’ कायममा उच्च ध्यान दिन आवश्यक छ ।”

    भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिका लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समयसापेक्ष सुधार गरिने उहाँको सम्बोधनमा उल्लेख छ ।

    विश्वमा शान्ति सैनिकको धेरै सङ्ख्या खटाउने मुलुकको सूचीमा पछिल्लो वर्षदेखि नेपाल शीर्षस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म विश्वका विभिन्न ४४ शान्ति मिसनमा एक लाख ५३ हजार एक सय आठ नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् भने हाल छ सय ७९ महिलासहित पाँच हजार नौ सय १८ शान्ति सैनिक ११ मिसनमा परिचालित छन् ।

    शान्ति स्थापना कार्यका लागि सेनाले तालिम तथा बन्दोबस्ती सामग्रीको व्यवस्थापनमा विशेष पहलको अठोट व्यक्त गरेको छ । ‘बङ्कर टु ब्यारेक’, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायत कार्यलाई व्यवस्थित गर्दै राष्ट्रिय खेलकुद विकासलाई पनि प्राथमिकता दिएर काम गर्ने सेनाले जनाएको छ ।

    नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्ने तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने विषय पनि सम्बोधनमा समेटिएको छ ।

    राष्ट्रियता, जनता र सङ्गठनको पक्षमा दह्रो अभिव्यक्ति

    पूर्वउपरथी जगदीशचन्द्र पोख्रेलले महारथी सिग्देलबाट सकलदर्जालाई भएको सम्बोधन र आफूसँग नजिकको चिनाजानीका आधारमा राष्ट्रियता, जनता र सङ्गठनको हितमा उहाँको दह्रो अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभयो ।

    उहाँले भन्नुभयो, “संस्थागत ‘इन्ट्रेस्ट’लाई कसरी कायम राख्ने भन्ने सन्दर्भमा विषयवस्तु प्रष्ट रूपमा आएको छ । प्रधानसेनापतिले सकलदर्जालाई आफ्नो कार्यकालमा अनुशासन, विधि र प्रणाली कसरी अघि बढ्छ भन्ने सुविचारित मार्गनिर्देश गर्नुभएको छ ।”

    राष्ट्रिय सुरक्षा अवधारणालाई केन्द्रमा राखेर भएको मन्तव्यबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विश्वविद्यालय अलि खटेरै काम गर्ने विषय आएका उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको द्रुतमार्गको जिम्मेवारी समयमै पूरा गर्ने मामिलामा कुनै अलमल नहोस् भन्ने प्रधानसेनापतिबाट स्पष्ट सङ्केत भएको प्रतिक्रिया दिनुभयो ।

    सेनालाई ठिक बाटोबाट अघि बढाउन आन्तरिक अनुशासन कायम गर्ने, नियमित तालिम र प्रशिक्षणका आधारमा जनशक्तिलाई चुस्त तथा दुरुस्त राख्ने, विश्वशान्ति कार्यलाई प्रभावकारी तुल्याउने विषय सङ्गठन सुदृढीकरणका हिसाबले निकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उहाँको भनाइ छ ।

    नेपाली सेनाका पूर्वप्रवक्तासमेत रहनुभएका पोख्रेलले भन्नुभयो, “उहाँको नेतृत्वमा सङ्गठनलाई अघि बढ्दा उपलब्धि हासिल गर्ने सन्दर्भमा आशा गर्ने धेरै ठाउँ छ, उहाँको नेतृत्वमा राष्ट्र र सङ्गठन सुधारमा पक्कै पनि धेरै काम हुने विश्वास लिएको छु ।” यसका लागि सरकारले समयमै योजना छनोट, स्वीकृति, हस्तान्तरण, बजेट व्यवस्थापन, आवश्यक निर्देशन, समन्वय र सहयोगको प्रत्याभूतिसहितको प्रबन्ध मिलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.