काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








