चितवन । चितवनमा कोरोना संक्रमित एक महिलाको बुधबार बिहान मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत जिल्लाको राप्ती नगरपालिका १० कि ३९ बर्सिया महिलाको मृत्यु भएको हो । कार्तिक १५ गते श्वासप्रश्वाशमा समस्या भए पछि ती महिलालाइ अस्पताल भर्ना गरिएको थियो । परिक्षणका क्रममा १७ गते कोरोना संक्रमण पोजेटिभ देखियो । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोही दिननै कोभिड आइसियुमा राखी थप उपचार सुरु गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै बुधबार आज आज विहान ६।५० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।








