• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूललाई प्रशोधन गरेर पेयपदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण सुरु गरिएको हो । केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण तथा उपकरण खरिदको काम सम्पन्न भएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

    “सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु एक करोडमा निर्माण सुरु गरिएको केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । अहिले आवश्यक उपकरण तथा विद्युत् जडान गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि प्रतिघण्टा दुई सय लिटर जुस उत्पादन हुन्छ । यसले खेर गइरहेका फलफूल उपयोग हुनुका साथै कृषकलेसमेत रोजगारी पाउनेछन् ।” बाहिरी जिल्लाबाट आयातीत पेयपदार्थलाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोक्ने उद्देश्यले फलफूल प्रशोधन केन्द्र निर्माण सुरु गरिएको नगर उपप्रमुख राईको भनाइ छ ।

    “कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूल उपयोगविहीन भएका छन् । खेर गइरहेका फलफूललाई प्रशोधन गर्दै बजारीकरण गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ फलफूल प्रशोधन केन्द्र निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “पेयपदार्थका रुपमा प्रयोग गरिने ‘कोक’, ‘डियू’, ‘फ्यान्टा’, ‘रेडबुल’लगायत वस्तु आयात गर्दा करोडौँ रकम बाहिर जान्छ । बाहिरबाट आयात हुने त्यस्ता वस्तु विस्थापित गर्दै पुँजी पलायन रोकेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनामा सुरुआत गरिएको हो ।”

    विसं २०८० माघ १२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको फलफूल प्रशोधन केन्द्रको भवन र फलफूल प्रशोधन गर्ने उपकरण खरिदको काम सुदेवी कन्ट्रक्सन प्राली हलेसीले जिम्मा लिएको थियो । भ्याटसहित रु ८४ लाख १२ हजार पाँच सय ९७ को लागतमा सम्पन्न गर्ने सम्झौताअनुसार भवन निर्माण र उपकरण खरिद शोकिएको समय अगावै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रोपाइटर सुवास राईले जानकारी दिनुभयो । प्रशोशन केन्द्रको भवनसम्म पुग्ने विद्युत् विस्तार र फलफूल प्रशोधन गर्ने उपकरण जोड्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

    निर्माणाधीन भवनमा आवश्यक थप कोठा विस्तार गर्न कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि रु २० लाख उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाभित्रका कृषकलाई मात्र नभई जिल्लाभरिका कृषकलाई राहत मिल्ने अपेक्षा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।

    “जिल्लामा फलफूत प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूल त्यतिकै खेरजाने गरेको छ । फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेसँगै व्यावसायिकरुपमा फलफूलखेती गर्दै आएका कृषकहरु उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “अघिल्ला कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका धेरै संरचना उपयोगविहीन छन् । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनका लागि वर्तमान जनप्रतिनिधिले दीर्घकालीन योजना बनाउन आवश्यक छ ।” केन्द्र सञ्चालनमा आएसँगै कृषकले भोग्दै आएका समस्या अन्त्य हुने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र वार्षिक करिब ३० हजार किलो किवी उत्पादन हुने नगरपालिकाले जनाएको छ ।

    केन्द्र निर्माणका लागि स्थानीय शुभचन्द्र राईले साढे चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । आफ्नै क्षेत्रमा फलफूल प्रशोधन केन्द्र स्थापना भएपछि कृषकहरु फलफूल खेतीमा हौसिएका छन् । फलफूल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि बोलपत्र आह्वान गरेर निजी क्षेत्रका उद्यमीलाई सञ्चालनको जिम्मेवारी दिने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.