चितवन । नारायणी नदिले कटान गरेको स्थानमा बाँध लगाउन थालिएको छ । भरतपुर महानगरपालिका-२७ स्थित सत्तल मगनिमा नारायणी नदिले कटान गरेको स्थानमा सुरक्षाकर्मीको टोलीले बाध लगाउन थालेका हुन् ।
उनीहरुले बोरामा गिट्टी, बालुवा भरेर बाँध बानेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाँध लगाउनको लागि नेपाल आर्मी र प्रहरी खटिएका छन् ।
अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढेको छ । जसकारण किनार क्षेत्रमा नदिले कटान गरिरहेको छ ।








