• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिनुभयो । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उहाँले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमी एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आजै आकस्मिक समन्वयात्मक बसी प्रभावितलाई राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिनुभयो । “कहाँ–कहाँ के–के नोक्सान भयो, बैठकमा देशभरको विपद् परिस्थितिको समीक्षा गरियो, अझै पनि चुनौती रहेका क्षेत्रको पहिचान गरेर सम्बन्धित मन्त्रालयलाई सक्रियताका साथ उद्धारमा लाग्न निर्देशन दिइएको छ”, मन्त्री गुरुङले भन्नुभयो ।

    बाढी, पहिरोलगायत विपत्को समयमा गृह मन्त्रालयको सबैभन्दा बढी भूमिका हुने जनाउँदै उहाँले उद्धार वा अन्य सहयोगमा कुनै पनि कमी आउन नदिन सक्रियताका साथ काम गर्न बैठकबाट निर्देशन भएको बताउनुभयो । मन्त्री गुरुङले खानेपानी, विद्युत्, सञ्चार, सडकलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन सबै मन्त्रालयलाई निर्देशन दिनुका साथै विपत्का समयमा आ–आफ्ना जिम्मेवारी पूरा गर्न सम्पूर्ण मन्त्रालय र सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

    बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना वा नेपाली प्रहरीलगायत विपद् प्रतिकार्यमा लागि ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ४.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ७.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ८.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.