नवलपुर । नवलपुरको गैंडाकोट ३ जयश्री खोलाको रहमा बुधबार भेटिएको छ । दुई दिनदेखि हराई रहेका भनिएका गैंडाकोट २ का दाजुभाईको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । शवको मृतकको आफन्तले पहिचान गर्नुभएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिका वडा नं। २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर उनीहरुको बुधबार शव फेला परेको हो । पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट बनेको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख थापाले जानकारी दिनुभयो । जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खबर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खबर गर्नुभएको थियो । शव घटनास्थलमै रहेको छ । घटनास्थल सुरक्षित राखिएको र बाँकी प्रकृया आज विहान गरिने प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।








