चितवन । चितवनमा नक्कली नोट कारोबारको आरोपमा एकजना पक्राउ परेका छन् । नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका ५ बस्ने ४५ बर्षिय राम बहादुर थिङ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले चितवनको जुटपानीबाट गएराति ९ बजे उनलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले राक्सीराङ गाउँपालिका वडा नम्बर ८ निवासी २६ बर्षिय जित बहादुर लोप्चनलाई नम्कली नोट सहित पक्राउ गरेको थियो । प्रहरीले उनको घर र उनले रकम तिरेका व्यक्तीहरुबाट समेत गरि ३ लाख ५१ हजार नक्कली नोट बरामद गरेको थियो । सोहि मुद्धाको अनुसन्धानको क्रममा थिडको संलग्नता देखिएपछि उनको खोज तलास गर्ने क्रममा गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए ।








