• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो । रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उहाँले भन्नुभयो, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।” हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ ।

    “उहाँको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पु¥याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।” बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो ।

    ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो । होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।” गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् ।

    गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उहाँले जानकारी दिनुभयो । लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि सात दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उहाँ बताउनुहुन्छ । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन, माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

    सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।” विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि पाइदैन, पर्यटक कसरी आउन सक्नु ?” सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउनुहुन्छ ।

    त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उहाँको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् । ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा छ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.