• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री वितरण भइरहेका खसीबोका र च्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेका छन् । निजी क्षेत्रभन्दा सस्तो मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउँदा उपभोक्तासमेत मख्ख देखिन्छन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा खसी किनेर डोहो¥याइरहनुभएकी घट्टेकुलो निवासी बिनु भुर्तेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष सस्तो र राम्रो खसी भेटिएको प्रतिक्रिया दिनुभयो । कम्पनीले यस वर्ष जीउँदो खसीबोकाको मूल्य प्रतिकिलो रु छ सय ७० तथा च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ३० कायम तोकेको छ ।

    उपभोक्तालाई सो मूल्यमा प्रतिकिलो रु १० छुट दिइएको कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापा बताउनुहुन्छ । यस वर्षको दसैँलाई लक्षित गरेर विभिन्न स्थानबाट एक हजार चार सय खसीबोका तथा तीन सय वटा च्याङ्ग्रा भित्र्याउनेक्रम जारी छ । नवलपुरबाट विभिन्न सहकारीमार्फत पाँच सय, हेटौँडाबाट पाँच सय र दाङबाट चार सय खसीबोका तथा मुस्ताङबाट च्याङ्ग्रा खरिद गरिएको हो । हालसम्म छ सय ९३ खसीबोका तथा च्याङ्ग्रा बिक्री भइसकेका छन् । कम्पनीले यही असोज १९ गते चार सय खसीबोका तथा च्याङ्ग्रा काठमाडौँ भित्र्याएको थियो ।

    असोज २० गतेदेखि थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट खसीबोका बिक्री भइरहेको छ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकामा प्रतिकिलो रु १० तथा च्याङ्ग्रामा प्रतिकिलो रु ३० कम मूल्य निर्धारण गरिएको छ । कम्पनीले भित्र्याएको खसीबोका तथा च्याङ्ग्राको मूल्य सस्तो तथा स्वस्थ्य भएका कारण पनि उपभोक्ताले रुचाएको सहायक विभागीय प्रबन्धक थापाले बताउनुभयो । “धेरै सङ्ख्यामा रहेका खसीबोका तथा च्याङ्ग्रा छानिछानी खरिद गर्नसक्ने भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो, “उपभोक्ताले खुसीका साथ रोजीरोजी खसीबोका खरिद गरिरहनुभएको छ ।” बजार मूल्यलाई हस्तक्षेप गर्न पनि खसीबोका तथा च्याङ्ग्रा बिक्रीलाई कम्पनीले निरन्तरता दिइएको उहाँको भनाइ छ ।

    कम्पनीले निर्धारण गरेको बिक्री मूल्यलाई आधार मानेर निजी क्षेत्रका व्यवसायीले पनि मूल्य तोक्ने हुँदा बजारमा मूल्य नियन्त्रण गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कम्पनीले नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार, छठलगायत पर्वलाई लक्षित गरेर सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने, कृत्रिम अभाव तथा कालोबजारी बढ्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत मूल्य पसल सञ्चालन गरिएको सहायक विभागीय प्रबन्धक थापाको भनाइ छ । “सहुलियत पसलमा विगतदेखि नै उपभोक्ताको निकै आकर्षण देखिँदै आएको छ”, उहाँले भन्नुभयो । यस वर्ष पनि ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालनमा आएको छ ।

    बागमती प्रदेशमा छ वटा ‘आउटलेट’बाट उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले सूचना प्रविधिको उपयोग गर्दै अनलाइनबाट खाद्यान्नको अर्डर लिएर उपभोक्ताको भान्छासम्म पु¥याउँदै आएको छ । सहुलियत पसलमार्फत चामल तथा दालमा प्रतिकिलो रु पाँच र खाने तेलमा प्रतिलिटर रु सात छुट दिइको छ । कम्पनीले सुपथ मूल्य पसलमार्फत चामल, दाल, गेडागुडी, तेल, नुन, चिनी, ग्यास तथा दुग्धजन्य पदार्थलगायत ३० प्रकारका उपभोग्य वस्तु बिक्री भइरहेको जनाएको छ ।

    यसरी बिक्री गर्ने उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न नउठ्ने गरी व्यवस्थापन गरिएको जनाउनुहुँदै सहायक विभागीय प्रबन्धक थापा खाद्यान्न प्रशोधनका विभिन्न चरणमा प्राविधिक परीक्षण अनिवार्य गरिएको बताउनुहुन्छ । “कम्पनीका फुड टेक्नोलोजिस्टले खाद्यान्नको नमुना लिएर मापदण्ड पुगेको÷नपुगेको जाँच गर्नुहुन्छ, निर्धारित मापदण्ड पुगेका खाद्यान्न मात्रै कम्पनीले खरिद गर्छ”, उहाँले भन्नुभयो, “गुणस्तरमा प्रश्न नआउने गरी व्यवस्था गरेका छौँ, उपभोक्ता ढुक्क हुनुभए हुन्छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.