काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सुचनाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








