• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिने पाँच सदस्यीय समूहलाई भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शुक्रबार बिहान बिदाइ गरेको छ । चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार भरतपुर विमानस्थलदेखि काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे काठमाडौँदेखि दुबई हुँदै फ्रान्सको पेरिस प्रस्थान गर्नेछन् ।

    विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरूले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरू, विद्यार्थीहरू र विभिन्न पेशामा आवद्ध व्यक्तिहरू विश्वभरबाट आवेलन एवं सिकाइकाका लागि सहभागी हुनेछन् । उद्यमीहरूका साथै इच्छुक उद्यमीहरूको रुचिअनुसार उद्यममा उनीहरूको भविष्य निर्माणका लागि सहजता सिर्जना गर्न आवश्यक सीपहरू विकास गर्नको लागि जीवनभरको अनुभव प्रदान गर्न डिजाइन गरिएको चार दिवसीय गहन शैक्षिक÷नेतृत्व सत्रको श्रृंखला हो ।

    ११औँ संस्करणको ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुनेछ । यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरू र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरूले आफ्नो व्यापारिक नवीन विचारहरू विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरूका विचार ग्रहण गर्नका लागि यसको प्रारूप तयार पारिएको हो ।

    ग्लोबल अन्टरप्रेन्योरशिप बुटक्याम्प इन्कर्पोरेशनको मुख्यालय संयुक्त राज्य अमेरिकाको डेलावेयरमा रहेको छ भने यसले यसअघि नै एशिया, मध्यपूर्व र अमेरिकामा उद्यमशील इकोसिस्टमको निर्माण र अन्वेषण गर्ने दसवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ‘सुरु गरौ, आफ्नो उद्यमको मापन आफै गरौँ’ भन्ने नारा दिइएको यस महामेलामा विश्वभरबाट युवाहरुको सहभागिता रहने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बुटक्याम्पमा भाग लिन विद्यालयमा विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    यसबाहेक, विद्यालयको अतिरिक्त क्रियाकलापअन्तगर्त फ्रान्सको पेरिसलगायत स्वीट्जरल्यान्डको जेनेभा र ज्यूरिक तथा जर्मनीको म्युनिखमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको निर्देशक पौडेलले जानकारी दिए । यसअघि भएको १०औँ संस्करण युएईको दुवईमा सम्पन्न भएको थियो । सो कार्यक्रममा समेत अङ्कुरम् एकेडेमीका तीन जना विद्यार्थी र एक जना प्राध्यापकले आफ्नो प्रस्तुती पेस गरेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.