• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राससद्वारा सञ्चारमन्त्रीसमक्ष बाढी, पहिरोसम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन प्रस्तुत

  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो विपद्का समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समिति (रासस) को उपस्थिति महत्वपूर्ण रहेको बताउनुभएको छ । राससले तयार गरेको बाढी, पहिरो २०८१ समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन ग्रहण गर्दै मन्त्री गुरुङ्ले विपद्को समयमा राससले अविच्छिन्न रुपमा गरेको समाचार सम्प्रेषण र सामाजिक उत्तरदायित्व अन्यका लागि पनि उदाहरणीय हुनेछ भन्नुभयो ।

    रासस २४ घण्टा नै सञ्चालन हुँदा हालै आएको बाढी, पहिरोको विपद्पछि उद्धार, राहतसम्बन्धी सूचना, स्थलगत रिपोर्टिङदेखि विभिन्न विज्ञका विचार सम्प्रेषण गरी सराहनीय कार्य गरेको उहाँको भनाइ छ । राससले यस दुःखद घटनालाई नजिकबाट रिपोर्टिङ गर्ने र जनतालाई सुसूचित गर्ने प्रयास गरेको बताउँदै उहाँले सबै मिडियालाई समाचार दिन सक्ने हैसियत राख्ने राससप्रति अरू मिडियाको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो ।

    सरकारको उद्देश्य सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु रहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, ‘‘राससले आफूलाई समयानुकूल रुपान्तरण गरी मन्त्रालयको लेन्थ (सोच)मा हिंडेको छ, सरकारले गरेका कामका बारेमा जनताले थाहा पाउनुपर्छ । आगामी दिनमा पनि राज्यका सूचनाहरुलाई जनतासमक्ष पु¥याउन रासस सक्षम रहनेछ ।’’ सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिवद्वय गजेन्द्र ठाकुर र बाबुराम भण्डारी पनि उपस्थित हुनुहुन्थ्यो ।

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीले सो प्रतिवेदन बुझाएको हो । टोलीमा महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी हुनुहुन्थ्यो । प्रतिवेदनमा गत असोज ११ देखि १९ गतेसम्म राससबाट सम्प्रेषित विपद्को पूर्वसङ्केत, मनसुनी वर्षाको चेतावनी, वर्षाद्को अवस्था, पीडितहरुको उद्धार, राहत कार्यहरु, क्षतिको मूल्याङ्कन, पीडितका आवाज, जनधनको क्षतिको अवस्था, सरकारले गरेका निर्णयहरु समेतका समाचार सामग्रीहरु समटिएका छन् ।

    छ खण्डमा विभक्त तीन सय २५ पृष्ठको सो प्रतिवेदनमा नेपाली समाचार, स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता, आलेख तथा विचार, अङ्ग्रेजी समाचार, फोटो सेवा र भिजुअल सेवामार्फत सम्प्रेषित सामग्रीहरु रहेका छन् । गत असोज ११ र १२ गतेको मनसुनी वर्षाका कारण २४६ जनाको मृत्यु भएको, १८ जना हराइरहेका र एक सय ७८ जना घाइते भएको सरकारी तथ्याङ्क छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.