• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’

  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्र्घन गर्न सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

    सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएको जनाउँदै उहाँले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामासमेत महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो । नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उहाँले भन्नुभयो,“गुणस्तरीय उत्पादन सामग्रीको आपूर्ति, पूर्वाधार विकासमा उच्चलागत, यान्त्रिकरण, डिजिटलाइजेशनको कमी, बजार पहुँच रहेका छन् ।” नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो ।

    उहाँले भन्नुभयो,“जलस्रोत तथा जलिय जैविक विविधता संरक्षणमासमेत विभिन्न चुनौती रहेका छन् ।”मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवद्र्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उहाँले बताउनुभयो । कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्रमध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यबाहाक उपकुलपति प्राध्यापक डा शारदा थपलिया, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, नार्कका कार्यकारी निर्देशक डा दोजराज खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदी, एफएओ नेपाल तथा भुटानका प्रतिनिधि केन सीमि, नेटवर्क अफ एक्वाकल्चर एसियाप्यासेफिकका डा एडवार्डो लिएनो, नेपाल मत्स्यसमाजका अध्यक्ष प्राडा सुनिला राईलगायतले माछा उत्पादन, प्रविधि, बजारीकरण लगायतको महत्वका बारेमा बोल्नुभएको थियो ।

    सम्मेलनमा विभिन्न १० देशका दुई सय वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहेको छ । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, हङ्गेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी भएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो । सम्मेलनमा ४० विदेशी, १०३ नेपाली गरी कुल एक सय ४३ वैज्ञानिक कार्यक्रम पेस गरिँदै छ ।

    एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने राईले जानकारी दिनुभयो । सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषेशज्ञहरुले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासको ज्ञान आदानप्रदान हुने उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.