नवलपुर । तिहार सुरु हुन केहि दिन बाँकि रहदा जिल्लामा तिहारका लागि आवस्यक समाग्रिको बनाउन र बनेका सामाग्रि बेच्न भ्याइ नभ्याइ छ । खाद्यान्न देखि लत्ताकपड बेच्न व्यवशायिहरुलाई अहिले हतार छ । यस्तै तिहारका लागि आवस्यक पर्नै झिलिङको व्यपार भने यो वर्ष जिल्लामा बढ्ने देखिएको छ । खाद्यान्नको रुपमा प्रयोग गरिने झिलिङगाको माग बढ्दो रहेकोले जिल्लामा झिलिङ बनाउन भ्याइ नभ्याइ छ । नवलपुरको कावासोती गोडारका केहि स्थानिय तिहारका लागि आवस्कय पर्ने झिलिङा बनाइ बेच्न सुरु गरेका छन । खालि समयमा बस्नु भन्दा केहि आम्दानी हुन्छ भन्दै उनिहरु तिहारका लागि आवस्कय झिलिङ्गान बनाउन थालेको स्थानिय देविराम महतोले बताए । अरु समयमा भन्दा तिहारमा यसको माग बढ्ने हुदा तिहारलाई लक्षित गरेर बनाएको बताए । एउटा प्याकेटमा ५ पिस झिलिङा राखेर उनले ६५ रुपैया प्याकेटका दरले स्थानिय बजारमा बेच्ने गरेको बताए । उनले तिहारमा मात्र झिलिङा बेचेर २० देखि ३० हजार सम्म आक्दानी गर्ने गरेको बताए ।








