• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एक्कासी वढ्यो गैँडाको चोरी शिकार

  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैँडा चोरी शिकारमा संलग्न रहेको अभियोगमा जेल जिवन भुक्तान गरेका र तीनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत वुधवार सौराहामा छलफल चलिरहेको थियो । छलफल कार्यक्रममा स्वंय जेल भुक्तान गरेकाहरुले गैँडा संरक्षणमा आफ्ना योजना सुनाई रहेका थिए तर यहि वेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालको मोवाइलमा खवर आयो “चोरी शिकारीले मारेको गैँडाको माउ बच्चाको शव भेटियो !” “गलेर पोष्ट मार्टम गर्न नसकिने अवस्थामा माउँ वच्चाकै शव एकै ठाउँमा भेटिएको हो”, प्रमुख संरक्षण अधिकृत वराल भन्नुहुन्छ, “माउको खाँग काटेर लगेकाले त्यो चोरी शिकारीले मारेकै हो भन्न गारो भएन ।” झण्डै तीन महिना अघि ती माउँ वच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो वेला निकुञ्ज भित्र गोली चलेको थियो । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ति टोलीले कुहिइएका अवस्थाका ती गैँडाका माउ बच्चाको शव भेटेका हुन् । भरखरै वच्चा जन्माएर सुत्कारी अवस्थामै रहेको गैँडाका माउ मारेपछि त्यो सानो वच्चा पनि मरेको हुन सक्ने निकुञ्ज शुरक्षाकर्मीको आंशका छ । अघिल्लो दिन माउँ वच्चाको शव ब्यवस्थापन गर्न नपाउदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै विहिवार खाँग विहिन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो । “त्यो गैडा पाँच छ महिना अघि मारेर फालेको हुनुपर्छ । खाँग विहिन अवस्थामा भेटिएको मृत गैडाको हाडखुर मात्रै छ”, प्रमुख संरक्षण अधिकृत वरालले भन्नुभयो । उसो त यस अघि भदौ तेश्रो साता पनि सोही क्षेत्रमा चोरी शिकारीले मारेको आंशमा एक गैडा मृत अवस्थामा भेटिएको थियो । मृत गैँडाको टाउकोमा चोट र ढाडमा चोट भएकाले चोरी शिकारीले नै गैडा मारेको निश्कर्ष निकुञ्ज सुरक्षाकर्मीको छ । यसरी पछिल्ला समय चितवन राष्ट्रिय निकुञ्ज भित्र एक पछि अक्र्रो गैँडा मार्न चोरी शिकार सफल भएका छन् । साउन यता चालु आर्थिक वर्ष २०७७।०७८ मा भेटिएका १२ वटा मृत गैडा मध्ये चार वटा चोरी शिकारीले मारेका निकुञ्जसग तथ्याङ्क छ । चितवन निकुञ्जमा चोरी शिकारी विगत चार वर्ष यता कुनै पनि गैडा मार्न नसकेकावेला अहिले एक्कासी भटाभट गैँडा मारेर खाग लान सफल भएका छन् । २०७३ चैत यता निकुञ्ज भित्र चोरी शिकारीले गैडा मार्न सकेका थिएनन । गत आर्थिक वर्ष २०७६÷०७७ मा निकुञ्जमा २६ वटा गैँडा मरेकामा सवै कालगतिले मरेका थिए । चोरी शिकारीले मारेको गैडा भेटिएसगैँ निकुञ्जमा चोरी शिकारी लामो समय पछि सलवलाउन थालेका छन् । लामो समय देखि निकुञ्जमा बाघ गैँडा संरक्षण अभियानमा जुट्नुभएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव कोरोना सन्त्रासका वेला नियमित गस्ति तथा सुरक्षाका गतिविधी कम भएको मौका छोपेर चोरी शिकार गर्ने गिरोह सक्रिय भएको बताउनुहुन्छ । “वर्षादका वेला शुरक्षा पोष्ट पनि राख्न नसकिएको अवस्था हो । यहि वेला कोरोनाको कहर पनि थपियो । जुन चोरी शिकारकालागि सुनौलो मौका बन्न पुग्यो”, उहाँले भन्नुभयो । पछिल्लो समय गैँडा चोरी शिकारीमा संलग्न रहेको अभियोग लागेर जेलभुक्तान गरेकाहरु भटाभट मुक्त हुँदा पनि उनिहरु चोरी शिकारमा फर्किएको उहाँको आंशका छ । “केही समय यता तीस जना भन्दा वढी गैँडाको चोरी शिकार गरेको अभियोग लागेकाहरु जेल मुक्त भएका छन् । उनिहरुको निगरानी एवं अनुसन्धान निरन्तर राख्न जरुरी छ” उहाँको सुझाव छ । उसो त गैडा मारेको अभियोग लागेर जेल जिवन भुक्तान गरेका र उनका परिवारलाई प्रकृति संरक्षण कोषको समन्वयमा निकुञ्जले आयआर्जनकोलागि शिप मुलुक कार्यक्रम पनि शुरु गर्दै छ । “पहिला जानेर र नजानेर गँैडाको चोरी शिकारमा लागेकाहरुलाइ अहिले उनिहरुको आय आर्जन वढाएर संरक्षणमा लगाउने गरि उनिहरुको सहभागितामा योजना वनी रहेको छ”, प्रमुख संरक्षण अधिकृत वरालले भन्नुभयो, “निकुञ्ज पनि उनिहरुले गैँडा नमारुन् भन्नेमा सचेत छ ।” पछिल्लो समय गैडा मार्ने क्रम वढ्दै गएसगै निकुञ्जले पनि सुरक्षाकालागि विशेष अभियान समेत थालेको पनि उहाँले जनाउनुभयो ।
    सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवन निकुञ्जमा मात्रै ६०५ गैंडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैडा मध्ये ३७ वटा चोरी शिकारले मारेका निकुञ्जसग तथ्याङ्क छ । पछिल्ला केही वर्ष यता भने निकुञ्जले चोरी शिकार सून्य वर्ष मनाउदै आएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.