• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ । आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरी आयातमा कमी ल्याउन गण्डकी प्रदेश सरकारले आलुखेती प्रवर्द्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो ।

    पहिलो वर्षमा नै नवलपुरमा यो कार्यक्रम सफल भएको तथ्याङ्कले पुष्टि गरेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । जिल्लाका विभिन्न पालिकामा गरेर गत वर्ष समूह÷सहकारीमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा एक हजार नौ सय ९२ मेट्रिक टन आलु उत्पादन भएको थियो । उक्त आलु बिक्रीबाट किसानले रु सात करोड ८९ लाख २४ हजार आम्दानी लिन सफल भएको केन्द्रका प्रमुख तिवारीले जानकारी दिनुभयो । यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलुखेती थप विस्तार भएर एक सय ११ हेक्टरमा आलुखेती गर्न लागिएको छ ।

    गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागिता जनाएकामा अहिले सातवटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको प्रमुख तिवारीले जानकारी दिनुभयो । गत वर्ष कृषि ज्ञान केन्द्र नवलपुरले आलुखेती प्रवर्द्धनका लागि रु तीन करोड ९२ लाख विनियोजन गरेको थियो । तर अहिले भने बजेटमा कटौती भएको छ । अहिले रु एक करोड ८४ लाख ३० हजारमात्र विनियोजन भएको छ । बजेटको कमीका कारण विगत चार वर्षदेखि अनुदान पाउँदै आएका किसानलाई कार्यक्रममा समेट्न नसकेको तिवारीले बताउनुभयो ।

    यस वर्ष बजेट कम भएकाले अनुदानमा केही कटौती भएको छ । “जिल्लामा आलु प्रवर्द्धन कार्यक्रमप्रति किसानको आकर्षण बढेको छ, तर बजेट अभावका कारण कार्यक्रममा जोडिन चाहेका किसानलाई समेट्न सकेका छैनौँ”, कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले भन्नुभयो । आलुखेतीको अनुदानका लागि समूह÷सहकारीमा कम्तीमा १० घरपरिवार संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने हुन्छ । यसरी खेती गर्न चाहनेलाई गत वर्ष ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको थियो ।

    तर अहिले अनुदानमा केही कटौती गरेर क्षेत्र विस्तारलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारले आलु प्रवर्द्धन कार्यक्रमबाट आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएअनुसार नै आलुको बजारीकरणको व्यवस्था सुरुमै सुनिश्चित गरेको हुँदा पनि किसान यसतर्फ थप आकर्षित बनेको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । जिल्लामा उत्पादन हुने आलुको चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्नेगरी व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.