• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न : महासचिव शंकर पोख्रेलले के भने ?

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले संवोधन गरे । कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोख्रेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् ।

    सबै दल मिलेर बनेको संसदीय छानविन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति नगरेको बताए । व्यक्ति केन्द्रीत भएर छानविन समिति नबनाउँ भन्ने पार्टी एमाले नै भएको स्मरण गर्दै उनले त्यतिखेर रास्वपाले नै छानविनि समिति बनाउँदा हुन्छ भनेको स्मरण गराए । उक्त छानविनि समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि लामिछाने पक्राउ परेको उनले कार्यकर्तामाझ स्पष्ट पारे । उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका छन् ।

    उनले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका हुन् । एमालेले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटकपटक काम गर्ने मौका दिएका बताए । त्यही मौका दिन रवि लामिछानेलाई दुईदुई पटक एमालेले नै पहलकदमी लिएर गृहमन्त्री बनाएको बताए । ‘त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ’ उनले भने ।

    उनले रवि लामिछानेसहितको समुहले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखेको बताएका छन् । सहकारीको मान्यता विपरित सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भएको उनले बताए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश ईन्चार्ज डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य सिता पौडेल पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवीप्रसाद ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, एमाले चितवनका अध्यक्ष कमलराज पाठकले संवोधन गरेका थिए ।

    वक्ताहरुले चितवनका नेता कार्यकर्तालाई चाडपर्वहरुको शुभकामना दिँदै पार्टीको काममा दृढ भएर लाग्न र पार्टीविरुद्ध गलत र भ्रामक प्रचार भइरहेको भन्दै त्यसको खण्डन गरी जनतालाई बुझाउन आग्रह गरेका छन् । कार्यक्रमा पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ता, जनवर्गीय संगठनका विभिन्न कमिटीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा उपसचिवहरु मिन बहादुर परियार र ज्वालापुरी वनले सहजीकरण गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.