• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ : सञ्चारमन्त्री

  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा आज काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सुशासन कायम गर्न मिडिया निरन्तर लाग्नुपर्ने बताउनुभयो । यसैगरी मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

    “मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुने छन्”, उहाँले भन्नुभयो, “समानतामूलक समाज निर्माण र विविधताबीच एकता कायम गर्न मिडियाले भूमिका खेल्नुपर्छ ।” समाज तथा जनताको लागि काम गर्न सञ्चार जगत्ले सरकारलाई सुझाव दिनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सुशासनको पक्षमा पत्रकारले गम्भीररूपमा कलम चलाउनुपर्ने बताउनुभयो । विद्युतीय अपराधलाई कडाइका साथ निगरानी गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

    शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासङ्घको कार्यवाहक अध्यक्ष बाला अधिकारीले आगामी मङ्सिर २८ का लागि महासङ्घको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तोकिएको भन्दै जसरी पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । महासङ्घकै पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दीपावली तथा छठपर्वको शुभकामना व्यक्त गर्दै महासङ्घको निर्वाचन समयमा नै सम्पन्न गर्न सुझाव दिनुभयो ।

    पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालमा मिडिया सङ्कटको अवस्थामा रहेको भन्दै समस्या सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पनि महासङ्घमा देखिएका समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो । यसैगरी महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपाल पत्रकार महासङ्घलाई निरन्रता र जीवन्तता दिन आवश्यक रहेको बताउनुभयो ।

    सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्ष श्री विमला तुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, महासङ्घका सल्लाकार निर्मला शर्मा सदस्यलगायतले महासङ्घमा देखिएका समस्या निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.