चितवन । चितवन मेडिकल कलेजमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लमजुङको मध्य नेपाल निवासी ४७ बर्षिय एक पुरुषको उपचारको क्रममा आज बिहान ४ बजेर ७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा २१ गते कोभिड १९ पुष्टि भएको थियो । आइसियू कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।








