काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।








