• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सामुदायिक वनभित्र खेती र मल उत्पादन

  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । “पशुपालन नगरे पनि मलको कमी छैन”, यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भन्नुभयो, “पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै चाहिने । अहिले त्यो समस्या छैन, ढुक्क छु ।” हाल होटल व्यवसायसँगै खेती गरिहरनुभएकी उहाँको आर्थिकस्तर पहिलेको तुलनामा सुध्रिएको छ । वनको छेउमै घर हुँदा तीन वर्ष अघिसम्म हिउँद लागेपछि डढेलोले घर भेट्ला कि भन्ने चिन्ता हुन्थ्यो । छिमेकीको गोठमा आगो लागेपछि निकै रातसम्म अनिँदो बसेको उहाँले बिर्सनुभएको छैन ।

    यी समस्याका समाधान खोज्ने क्रममा वन समूहले पत्करबाट मल उत्पादन गर्न थालेपछि डढेलो लाग्न छोडेको उहाँ बताउनुहुन्छ । उहाँ वन समूहको आयआर्जन समूहमा पनि आबद्ध हुनुहुन्छ । आयआर्जन कार्यक्रममा ‘ग्रिन फाउन्डेसन नेपाल’ (जिएफएन) नामक संस्थाले सहयोग गरिरहेको छ । सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन पनि वनमा गरिएको कागती, तेजपत्ता, अम्रिसोखेतीले आम्दानी गर्न सहज भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले वन संरक्षण मात्र गर्ने होजस्तो लाग्थ्यो तर यहाँ खेती पनि गर्न पाउँदा आम्दानीको स्रोत बनेको छ ।” उहाँले २० वटा बाख्रा पाल्नुभएको छ ।

    बाख्रालाई घाँस लिन टाढा जान पर्दैन । बाख्राबाट पनि आम्दानी भइरहेको उहाँको भनाइ छ । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन मुनि रुख नभएका स्थानमा जडीबुटी र घाँसखेती गरेको छ । जिएफएनको सहयोगमा अदुवा, बेसार र सर्पगन्धाको खेती गरिरहेको समूहकी अध्यक्ष चम्पामाया परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ यसरी आम्दानी हुन्छ जस्तो लागेको थिएन, गर्दा नहुने केही रहेनछ ।” जडीबुटीसँगै यस वर्ष अदुवा पनि खेती गरिएको उहाँले बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागार्इंले मनहरी गाउँपालिकाका तीनवटा सामुदायिक वनमा खेती र मल उत्पादन गरिएको बताउनुभयो ।

    वनबाट समृद्ध बन्ने र जलवायु परिवर्तनको असर कम गर्ने अभियानअन्तर्गत यहाँका डिपार्ट सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनले वनक्षेत्रभित्र खेती र मल उत्पादन गरिरहेको छ । वनमा आधारित ३७ उद्यमहरुलाई दिगो बनाउँदै बजारसँग जोडेर हरित उद्यम विकास गर्न सहयोग गरिरहेको जिएफएनका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार जिएफएनले वनकरिया साबुन उद्योग, पिप्लेपोखरा सामुदायिव वनमा रहेको श्रमजीवी महिला काष्ठ हस्तकला, हेटौँडा–१२ मा कञ्चनजङ्घा गुन्द्रुक उद्योग, न्युरेनी सामुदायिक वनमा रहेको दुना टपरी उद्योग र थाहा नगरपालिकाको अल्लो उद्योगको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ । पानीका मुहान सुक्न थालेपछि मनहरी गाउँपालिकाका सामुदायिक वनहरुले पुनर्भरण (रिचार्ज) पोखरी निर्माणलाई प्राथमिकता दिएको छ ।

    डिभिजन वन कार्यालय राप्ती मनहरीले डिभिजनअन्तर्गतका सामुदायिक वनमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिरहेको जनाएको छ । उपभोक्ताले दैनिक पिउने पानीका स्रोत सुक्दै जानु र वनमा जनावरहरुले पानी खान नपाउँदा समस्या भएकाले रिजार्च पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयका अधिकृत गगन शर्माले बताउनुभयो । गत आर्थिक वर्षमा सातवटा सामुदायिक वन समूहमा आठवटा रिजार्च पोखरी निर्माण गरिएका छन् । चुरे तथा सुक्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेपश्चात् पानीको मुहान संरक्षण र वन्यजन्तुका लागि पानीको उपलब्धतामा सहज भएको छ ।

    वन अधिकृत शर्माले भलबाढीका कारण पोखरी पुरिँदा थोरै समस्या हुने गरेको बताउनुभयो । सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि वृक्षरोपण र संरक्षण गरिएको छ । लोपोन्मुख विजयसाल, सतिसाल, दार, चिउरी तथा बहुउपयोगी नीम रोपिएको छ । लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.