चितवन । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एव् सूचना अधिकारी अशोक रामको सरुवा भएको छ । रामको लामटाङ राष्ट्रिय निकुञ्जमा सरुवा भएको हो । उनी केही महिना अगाडि मात्रै सरुवा भएर चितवन आएका थिए । सरुवा भएका रामले चितवन छोडिसकेका छन् । उनको ठाउँमा नयाँ सूचना अधिकारी आउन बाँकी छ ।








