चितवन । भरतपुरमा खाना खाइसकेर राखेको हड्डी खाँदा घाँटीमा अड्किएर नौ महिनाकी शिशु विरामी भएकी छन् । भरतपुर महानगरपालिका–२३ घरभई भरतपुर–११ बसेनी चोक ससुराली आएका दिपक परियारको नौ महिनाकी छोरी रोशनी परियारको मंगलवार राति ८ः१० बजे घाँटीमा हड्डी अड्किएको हो ।
हड्डी अड्किएर गम्भीर विरामी भएकी रोशनीलाई उपचारको लागि सुरुमा भरतपुर अस्पताल लगिएको थियो । मंगलवार राति ९ः५५ बजे थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।








