• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र

  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली। तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, ‘पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।’

    रक्तसञ्चार केन्द्र स्थापनापश्चात् रगत आवश्यक पर्ने बिरामीलाई सहज हुने चुमानले बताए। उनले भने, ‘रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर केन्द्र स्थापना गरेका हौँ।’ अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापनापछि सम्बन्धित बिरामीले सहज तरिकाले रगत प्राप्त गर्न सक्ने बताउनुभयो । केन्द्र स्थापनासँगै केन्द्रका लागि आवश्यक पर्ने रगत संकलन गर्न थालिएको उनको भनाइ छ । गाउँपालिकाले २०७९ साल मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो ।

    अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको डा क्षेत्रीले जानकारी दिए। अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् । गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भने, ‘स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाैँ। इलाका वनको भवनलाई ल्याब बनाएका छाैँ ।

    त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।’ अस्पतालले गत एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो । अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छभने ३२ हजार नौपटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताए। अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छभने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा, तीन हजार तीन सय ९१ जनालाई एक्सरे सेवा प्रदान गरिएको क्षेत्रीले बताए ।

    अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनर्स्थापना र उपचार सेवा सुरु गर्न लागेको छ । त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताए।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.