• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल

  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुले आफूलाई निकै भाग्यमानी महसुस गरेका छन् । घरमा खाना पकाएर घरको काम गरेर हतारहतार गर्दै १ घन्टा लगाएर विद्यालय जानु पर्ने आफूलाई महानगरले साइकल प्रदान गर्दा धेरै भाग्यमानी महस्ुस गरेको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत लक्ष्मी बोटेले बताइन् । गरिबीको कारण साइकल किन्न पनि नसेकेको र घरमा काम गरेर विद्यालय जाँदा सधैँ पठनपाठनमा समस्या हुँदा पढाई निरन्तरतामा समस्या हुने गरेकोमा साइकल पाएपछि भने अब नियमित र समयमै विद्यालय जान सहज हुने उनको भनाइ छ । कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे पनि साइकल पाएपछि दंग छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी दंगसंगै खुसी छन् । घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने, भाईबहिनीलाई पनि डोर्याएर लानु पर्ने हुँदा साइकल नहुँदा निकै दुःख हुने गरेको उनी सुनाउँछिन् ।  अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने भाइबहिनीलाई पनि हालेर जान मिल्ने उनी बताउँछिन् । साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने उनको भनाइ छ । साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनीहरुको भनाइ थियो । उनीहरुजस्तै पश्चिम चितवनको ६ वटा वडाका १६२ जना छात्राहरुले आफूलाई निकै भाग्यमानी महसुस गरेका छन् । वडा नम्बर २६ को उमाबडी शेरचन आदर्श कलेजमा भरतपुर महानगरद्वारा आयोजित जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण कार्यक्रममा सहभागी किशोरीहरुले साइकल पाएपछि आफूलाई धेरै भाग्यमानी ठानेका हुन् । महानगरले १७, २४, २५, २६, २७ र २८ नम्बर वडाका विद्यालयका १६२ जनालाई महानगर प्रमुख रेनु दाहालको हातबाट साइकल वितरण गरेको हो । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।  महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाइ छ । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् । विद्यालयहरुको शैक्षिक विकासका लागि स्कुल बस पनि प्रदान गर्न लागिएको उनको भनाइ छ ।  महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए । महानगरको समग्र विकासका लागि मेयर दाहालसहितको सम्पूर्ण टिम निकै लागिपरेको र अझै धेरै राम्रा कार्यक्रमहरु बाँकी रहेको उनको भनाइ छ ।  महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर प्रमुख लागेको बताए ।  पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने उनले बताए । अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको उनको भनाइ छ । वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले  महानगर प्रमुख रेनु दाहालको सोचले नै विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण कार्यक्रम सफल भएको र आफ्नो क्षेत्रको विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन आफूहरु निरन्तर खटिएको बताए । वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले आफूले आफ्नो वडाको समग्र विकासमा मेयर दाहालसंग सहकार्य र सल्लाहमा धेरै काम गरेको बताए । आफूले अगाडि सारेका योजनामा मेयर दाहालले सधैँ सहयोग गर्ने गरेको बताउँदै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.