चितवन । जिल्लामा पछिल्लो समय दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । पछिल्लो समय कोरोना कहरका कारण धेरैको रोजगारी गुमेको लगाएतका कारणले गर्दा चोरीका घटना बढेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुुसार जिल्लामा उच्च सुरक्षा ब्यबस्थाका बिच पनि चोरीका घटना बढ्दै गएका हुन् । प्रहरीका अनुसार चालु आ व २०७७÷७८ को चार महिनामा मात्रै बिभिन्न प्रकारका २७ वटा चोरीका घटना दर्ता भएका छन् । सोही आधारमा चोरीमा संलग्न ३९ जना व्यक्तिलाई पक्राउ समेत गरिसकेको बताएको छ। पक्राउ परेकामा ३८ जना पुरुष र एक जना महिला रहेका छन् । जसमध्ये प्रहरीले मोटरसाइकल चोरी मुद्दामा मात्रै ११ जनाविरुद्ध मुद्दा चलाएको छ भने नगद धनमाल तथा गरगहना चोरीका मुद्दामा १६ जनाविरुद्ध मुद्दा चलाएको जानकारी दिएको छ । चितवन प्रहरीले आव २०७६÷७७ मा जम्मा ५८ वटा मात्रै चोरी मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले रातिको समयमा भन्दा दिउँसोको समयमा नै बढी चोरी हुने गरेको बताएका छन् । उनले भने “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ” । विगत केही महिनामा मोटरसाइकल चोरीको घटना बढेपछि आशंकित ब्यक्तिहरुसँग आफुहरु नै गाहक बनेर समेत चोरीको घटनाहरुलाई नियन्त्रणमा लिएको गुरुङले बताए । गुरुङ्का अनुसार दिनदहाडै चोरीका घटना बढ्दै जादा सिँगो जिल्लामा नै सुरक्षा चुनौति थपिदै गएको छ । चोरी नियन्त्रणका लागि नयाँ नयाँ रणनिती बनाएर अगाडी बढेपनि घटनामा कमी नआएको गुरुङ्ले बताएका छन् । चोरीका घटना हुने क्षेत्रमा निगरानी बढाउने , टोल टोलमा सचेतना जगाउने लगाएतका कामहरु समेत आफुहरुले निरन्तर गरीरहेको उनले बताए ।
त्यसको साथमा प्रहरीले प्रविधिको उच्चतम प्रयोग गरी चोरी कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न समेत लागि परेको दाबि गरेका छन् ।पछिल्लो समय कोरोना कहरका कारण धेरैको रोजगारी गुमेको लगाएतका कारणले गर्दा चोरीका घटना बढेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।








