मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश र उत्साहले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। नोकरीको खोजीमा हुनुहुन्थ्यो भने शुभ सूचना मिल्नेछ। परिवारमा स्वास्थसँग सम्बन्धित समस्या रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहरूको साथमा धार्मिकम वा सामाजिक कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। सांसारिक सुखमा धन खर्च हुनेछ। करियर वा कारोबारमा विशिष्ट व्यक्तिको सल्लाह लिएर नै अगाडि बढ्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कलात्मक वा रचनात्मक क्षमताको विकास हुनेछ। व्यापारमा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार्ने अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। जीवनसाथीबाट उपहार पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको काम सम्पादन हुनाले मन प्रसन्न रहनेछ। पारिवारिक व्यापारमा जीवनसाथीको सहयोगले लाभ मिल्नेछ। ऋण आदिको लागि समय उपयुक्त रहेको छ। स्वास्थ्यमा कफ जनित समस्या बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लागि पर्नेछ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन्। कार्यक्षेत्रमा थप जिम्मेवारी मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। वैदेशिक शिक्षाको लागि बनाइएका योजनाहरू सफल रहनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।








